
बुटवल, १ असार – पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६–०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ ।