
काठमाण्डु, ३१ जेठ – गीत संगीत मार्फत् सरकार विरुद्ध आक्रोश पोख्ने क्रम रोकिएको छैन । चर्चित डान्स ग्रुप भीमफेदी गाइज्ले हेटौंडाका पत्रकार गिरिजा अधिकारीले लेखेको ‘वर्वाद भयो हाम्रो सरकार’ माथि गरेका फिचरिङ सार्वजनिक गरिएको छ ।
हिजो साँझ डान्स ग्रुप भीमफेदी गाइज्को फिचरिङमा ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको हो । विकास पाण्डेको संगीत र देबेन्द्र कार्कीले स्वर दिएको सो गीत रिकेश गुरुङले एरेन्ज गरेका छन् ।
पवन सुसलिङको छायाँकन रहेको सो म्युजिक भिडियो ए सरकार कै सिक्वेलको रुपमा आएको हो । निर्मल लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा वर्तमान नेपालको परिवेशलाई जीवन्त उतारिएको छ ।
म्युजिक भिडिया नसकिँदै अन्त्यतिर दृश्य काटिएको देखाइएकोले सरकारको हस्तक्षप भएको संकेतको रुपमा सो दृश्य राखिएको हो ।
यस अघि पुष्पण प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । यसअघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट’ नाम गीत बजारमा ल्याएका थिए । सर्वत्र विरोध भएपछि उक्त गीत हटाइएको थियो । उनको गीत पनि सरकारविरुद्धमा थियो ।