पक्राउ परेका प्रनेश गौतमको पक्षमा नायिका केकी अधिकारी

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १२:२४ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – नायिका केकी अधिकारीले फिल्म ‘वीरबिक्रम २’को समीक्षा गर्दा थुनामा परेका प्रनेश गौतमको पक्षमा मुख खोलेकी छिन् ।

निर्देशकको निवेदनमा समीक्षक थुनामा परेपछि स्वतन्त्र समीक्षाको विषयमाथि गम्भीर प्रश्न उठिरहेका बेला नायिका अधिकारीले आफ्नो चलचित्र, कामलाई लिएर जस्तोसुकै समिक्षा, व्यंग्य, ठट्टा वा आलोचना गर्न सबैलाई छुट रहेको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘मेरो चलचित्र , मेरो कामलाई लिएर तपाई जस्तो समिक्षा, व्यंग्य , ठट्टा, आलोचना पनि गर्नसक्नुहुनेछ, यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु । तर ठट्टाको नाउँमा अपसब्द, गालीगलौच, ब्यक्तिगत रुप, रङ्ग ,बनौट ,धर्म, लिंगका आधारमा गरिने मानहानी कदापि पनि स्वागतयोग्य हुदैन । नजानेका नबुझेकालाई सजाय भन्दा पनि सिकाउनु पर्ने पक्षमा भने म सधै छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us