जोन अब्राहम र इमरान हाशमी एउटै फिल्ममा देखिने

काठमाण्डु टुडे २०७६ जेठ २९ गते ११:२० मा प्रकाशित

एजेन्सी । अभिनेताद्वय जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने भएका छन् । उनीहरू संजय गुप्ताको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामामा एकसाथ देखिने भएका हुन् ।

जोन र इमरानले एउटै सिनेमामा काम गर्न लागेको यो पहिलो अवसर हो ।

‘जोनसँग यो मेरो तेश्रो सिनेमा हो र इमरानसँग पहिलोपटक काम गर्दैछु । पहिलो पटक काम गर्न लागेकोमा म उत्साहित छ’, संजयले भने ‘म पहिलादेखि नै उनीसँग काम गर्न चाहन्थे । ग्याङ्स्टर सिनेमा मेरो आधार हो र म यो लिएर फर्किएको छु । खासमा भन्नुपर्दा यो घर फर्किए जस्तै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us