कलाकार संघमा खड्का निर्वाचित, सरिता लामिछाने ५७ मतले पराजित

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, २६ जेठ – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् ।

सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन् । खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भए । रेजिनाले २४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि विनोदकुमार भट्टराईले ९६ मत प्राप्त गरे । त्यस्तै, ताम्राकारले १७५ र उनका प्रतिद्वन्द्वी मनोज केसीले १४२ मत प्राप्त गरे ।

महासचिवमा चेतबहादुर सिंह र सचिवमा पनाह अधिकारी विजयी भए । उनीहरुले क्रमशः १८७ र १९४ मत पप्त गरे ।

यसअघि नै सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् ।

सदस्यमा शितल केसी, शारदा नेपाल, गोपाल नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धनराज केसी, धर्मानन्द आचार्य, जीवन थापा, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us