प्रकाश सपुतलाई आईजीपीको फोन

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ — पछिल्लाे समय चर्चामा आएको गीत ‘गलबन्दी’ का गायक प्रकाश सपुतलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर राम्रो र मौलिक गीत प्रस्तुत गरेको भन्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन् । प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यो कुराको जानकारी दिएका छन् ।


प्रकाशले लेखेका छन्, ‘म जहाँ पुगेको छु, त्यहाँ केवल ‘गलबन्दी’को सफलताको चर्चा मात्र भएको छैन् । लोकसंगीत र मौलिकताको सवाल समेत दह्रो गरि उठेको छ ।’

उनले यसअघि लोकदोहोरी गीतका नियमित स्रोता–दर्शक बाहेकको पनि लोकदोहोरी गीतप्रति आकर्षण बढेको दाबी गर्छन् ।

उनले अगाडी लेखेका छन्, ‘हिजो मात्रै यसअघि व्यक्तिगत चिनजान नभएपनि आईजीपी सर्वेन्द्र खनाल ज्यू ले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनुभएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।’

प्रकाशले अन्नत नेपालीलाई नेपालीपन नै मनपर्ने भएकाले आगामी दिनमा यस किसिमका सिर्जनालाई निरन्तरता दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us