
काठमाण्डु, २४ जेठ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित नभएपछि राज्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा मन्त्री पण्डित नआएपछि बैठक स्थगित भएको हो । समितिमा लोकसेवा आयोगको विज्ञापनमाछि छलफलका लागि मन्त्रीसहित सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत डाकिएको थियो ।
मन्त्री उपत्यका बाहिर भएपछि बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । राज्य व्यवस्था समितिका सदस्यहरु राजेन्द्र महतो, अमरेशकुमार सिंह र जनार्दन शर्माले मन्त्रीलाई बोलाएर निर्णय गर्नु पर्ने बताएका थिए ।