
काठमाण्डु, २३ जेठ – आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटको सैद्धान्तिक छलफल आज सकिँदैछ । छलफल सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन् ।
बुधबार नै अर्थमन्त्रीले जवाफ दिने पूर्व निर्धारित तालिका तय भए पनि सार्वजनिक बिदाका कारण बिहीबारका लागि तोकिएको हो ।
बिहीबार सत्ता तथा प्रतिपक्ष दुबै दलका केही नेताहरुले छलफलमा भाग लिएर सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा बजेट पेस गरेको थियो ।
जेठ १९ गतेबाट सैद्धान्तिक छलफल प्रारम्भ भएको थियो । सैद्धान्तिक छलफल सकिएपछि कार्यतालिका बनाएर मन्त्रालयगत शीर्षकमा बजेटको छलफल प्रारम्भ हुनेछ ।
असार मसान्तभित्र मन्त्रालयगत छलफल सकेर विनियोजन विधेयक पारित भइसक्नुपर्नेछ ।