
काठमाण्डु, २३ जेठ – विश्व बैंकले चालु वर्ष नेपालको अर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ ।
प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र द्रुत गतिमा बढिरहेको बताएको छ ।
४.१ प्रतिशतको मूल्यवृध्दि हुने अनुमान गरेको बैंकले कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि उच्च वृद्धिदर कायमै हुने बैंकको प्रक्षेपण छ ।
पर्यटक आगमनमा भएको व्यापक वृद्धि , निजी लगानीमा भएको विस्तार तथा बिजुली आपूर्ति सहज जस्ता कारणले अर्थतन्त्रले लय समातेको ठहर बैंकले गरेको छ ।