
काठमाण्डु, २३ जेठ – गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् ।
ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाका आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् ।
दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए ।