रिमासँग रोमान्स गर्दै भुवन केसी

काठमाण्डु टुडे २०७६ जेठ २० गते १३:०८ मा प्रकाशित

काठमाण्डु, २० जेठ – देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ ।सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् ।

नवलपरासीमा छायाँकन हुने फिल्ममा प्रेमराज दाहालको निर्माण रहने छ । अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडीको रुपमा देखिने फिल्ममा भुवनको दोहोरो भूमिका रहनेछ । फिल्ममा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने कार्यक्रममा जानकारी दिइयो ।

फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य फिल्ममा रहनेछ । ‘आफु सधै फरक भूमिका रुचाउने बताउँदै अभिनेता भुवन केसीले खलपात्रको भूमिकाको लागि एक्साइटेट रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us