अष्ट्रेलियामा खिचेको वर्षा राउतको तस्बीर एकाएक भाइरल

काठमाण्डु टुडे २०७६ जेठ १९ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – हाल रिलिज भईरहेको फिल्म ‘जात्रै जात्रा’को सफलताले दंग परेकी वर्षा राउतले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकी छिन् भने ट्रोलको सिकार बनेकीछिन् ।

प्रायः सिम्पल पहिरन र भुमिकामा रुचाईएकी वर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाईरहेकी छिन् ।

समाजिक संजालमा बर्षाको पहिरनलाई लिएर एकाएक भाईरल भएको छ । उनका शुभचिन्तक र समर्थकले पहिरनमा कुनै समस्या नभएको तर वर्षालाई त्यति नसुहाएको उनका समर्थकले लेखेका भेटिन्छन भने उनको पहिरनलाई लिएर आलोचना गर्ने हरुको सङ्ख्या पनि उत्तिकै छ ।

सायद एउटा यो कारण पनि होला वर्षा सधैं सिम्पल ड्रेसअपमा देखिने भएका कारण पनि एउटा यो पहिरन अल भद्धा भएको जस्तो ठान्ने पनि कतिपयको प्रतिक्रिया छन । फोटो कृष्ण श्रेष्ठको फेसबुकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us