सुनको भाउ ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ । तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाँले नै बढेको छ ।

हिजो तोलामा ५९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैयाँ पुगको छ । चाँदीको भाउ आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us