मोदीको शपथ ग्रहणमा यी कलाकारलाई पनि निम्तो

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १५:१९ मा प्रकाशित

एजन्सी । भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै आफ्नो सपथ ग्रहण समारोहमा बलिउडका कलाकारको पनि उपस्थिति रहनेछ । मोदीले बलिउडका प्रभावशाली कलाकारलाई पनि निम्ता गरेका हुन् ।

मोदीको शपथ ग्रहण समारोहमा सञ्जय भन्साली, रजनीकान्त, करण जोहर, विवेक ओवराय, शाहरुख खान र कंगना पनि सहभागी हुने भएका छन् ।

मोदीको शपथ ग्रहण समारोहमा विभिन्न देशका राष्ट्र प्रमुखहरुको पनि उपस्थिति रहनेछ । नेपालबाट पनि प्रधानमन्त्री केपी शर्मा ओली भारत हिँडिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us