
काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियतामुखी’ बजेट सार्वजनिक गरेका हुन् ।
सरकारले गतवर्षको राखिएको लक्ष्य २३ प्रतिशत राजस्व वृद्धिको अनुमानसहित स्रोत जुटाएको छ । त्यस्तै, ठूलो रकम ऋणमा भर परेको छ ।
सरकारको स्रोतबाट ६५ प्रतिशत पनि पूरा नभएपछि अन्य स्रोत प्रयोग गरिएको छ । यसको लागि राजश्व ९ खर्ब ८१ अर्ब, वैदेशिक अनुदान ५७ अर्ब वैदेशिक ऋण २ खर्ब ९८ अर्ब, आन्तरिक ऋण एक खर्ब ९५ अर्ब, आन्तरिक ऋणबाट गरी व्यस्था गरिएको छ ।