धरहराका लागि एक अर्ब बजेट विनियोजन

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – धरहरा पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् ।

सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने भएको छ ।

सँगै सरकारले भूकम्पपछि भत्किएका घर र राष्ट्रिय धरोहरको पुननिर्माणका लागि भने ५८ अर्ब ७३ करोड रकम विनियोजन भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us