सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले सरकारी कर्मचारीहरुको तलव वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीको तलव वृद्धि गरिएको हो ।


बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८ प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीको तलव २० प्रतिशतले वृद्धि गरिएको छ ।

राजपत्राङ्कित समूहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी पर्दछन् भने राजपत्र अनाङ्कितमा नायव सुब्बादेखि तलका सरकारी कर्मचारी पर्दछन् ।

पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन् । सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो ।  शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो ।

वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ । त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ ।

कसको कति ?
कार्यालय सहयोगी २२हजार८
खरिदार २६ हजार ६ सय ४
नायब सुब्बा २८ हजार दुई सय
शाखा अधिकृत ३५ हजार ९ सय ९०
उपसचिव ४० हजार ३ सय ८०
सहसचिव ४७ हजार ३ सय ७७
सचिव ६० हजार ६ सय ७६
मुख्य सचिव ६५ हजार १ सय ३६

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us