पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याइएको बताएका हुन् ।

यस्तै, सरकारले पर्वतीय, कृषि, जल, खेल, पर्यटनसहितलाई समेटेर एकीकृत पर्यटन विकासको लागिसमेत बजेट छुट्याएको छ ।

सरकारले ताप्लेजुङसम्म हिमालय हरित पदमार्गको विकास गर्ने, रारा क्षेत्र राष्ट्रिय प्रवर्द्धन गन्तव्‍य बनाइने महाभारत क्षेत्रलाई बिदा मनाउनेस्थल बनाउने र पर्यतको विकास गर्नको लागिसमेत बजेट छुट्याएको बताएको छ । केबल कार प्रयोग लागि केवलकारको निर्माणका लागिसमेत बजेट छुट्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us