वन क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले बुधबार संसद्‌मा आर्थिक वर्ष २०७६–०७७ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् । सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्रीले घोषणा गरेका बजेटका विशेषताहरु र क्षेत्रगत विनियोजन प्रारम्भिक रुपमा यहाँ उल्लेख छन्ः

  • जडीबुटीका विरुवा रोप्ने कार्यक्रम जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीमा लगिने नयाँ वनस्पती उद्यान बनाइने
  • सबै संरक्षित क्षेत्रलाई पर्यटन गन्तब्य बनाइने जडीबुटी सुकाउने प्रविधि बनाइने
  • उच्च पहाडमा मध्यवर्ती क्षेत्रमा सुरक्षा व्यवस्था, कृषि वनको विकास गरिने
  • राष्ट्रपति चुरे संरक्षण कार्यक्रको संरचनागत परिवर्तन, तीन ठाउँमा कार्यक्रमको कार्यालय खोल्ने
  • यो कार्यक्रमलाई १ अर्ब ७४ करोड ११६ पोखरी निर्माणलाई बजेट वन तथा वातावराण कार्यक्रमलाई १५ अर्ब ४९ करोड बजेट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us