यी हुन् आर्थिक वर्ष २०७६/०७७ काे बजेटका विशेषता र रकम

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले बुधबार संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् ।

अर्थमन्त्रीले घोषणा गरेका बजेटका विशेषताहरु र क्षेत्रगत विनियोजन प्रारम्भिक रुपमा यहाँ उल्लेख छन् ।

-कृषि सामग्रीमा अनुदान । यान्त्रिकरणमा पुँजीगत अनुदान । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई बजेट । फापर र भटमासको जोन बनाइने ।

-९ अर्ब रासायनिक मलको अनुदान । अभाव हुन नदिने ।
-सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने ।
-सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने ।
-मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन ।
-आगामी ५ वर्षमा फलफूल बाली दोब्बर बनाइने ।
-तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत ।
-दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने ।
-कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन ।
-१३ लाख जेष्ठ नागरिक लाभ हुने गरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको छ ।
७० वर्ष माथिका जनताको बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर ।
-हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खोल्ने निर्णय ।
-योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम । यसको लागि ६४ अर्ब ५० करोड विनियोजित ।
-अपांगता भएका व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाइने ।
-बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने ।
-युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषद्को संरचना परिवर्तन गरिने ।
-आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाइने ।
-अतिक्रमित सरकारी जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने
-आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने ।
-रोजगार सेवा केन्द्रमा दर्ता भएकाहरुलाई स्थानीय विकास निर्माणमा लगाउनुपर्ने । रोजगारी कार्यक्रमको लागि ५ अर्ब १ करोड ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us