
काठमाण्डु, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण बनाइने बताउँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन् ।
आलु, प्याज, अण्डा, मासु, तरकारी, प्रमुख खाद्यान्नवालीमा मुलुकलाई आत्मनिर्भर बनाएर करार खेती, मलमा ५० प्रतिशत अनुदानलगायतको सुविधा प्रदान गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरेका छन् ।