अजय देवगणका पिताको निधन

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १५:४१ मा प्रकाशित

एजेन्सी । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् ।

विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् ।

‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us