प्रहरीले राजधानीमा धेरै मानिस मर्नबाट जोगायो, ठूलै विस्फोटको तयारी रहेको खुलासा

काठमाण्डु टुडे २०७६ जेठ १२ गते २०:४१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– प्रहरीले काठमाण्डुबाट प्रेसर कुकर बमसहित प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा ७ कार्यकर्तालाई पक्राउ गरेको छ ।
अनामनगर र सुकेधारामा तीन जनाको ज्यान जाने गरी सिलिण्डर बम विस्फोट भएको केही घण्टामै विप्वल समूहका सात कार्यकर्ता आइतबार साँझ कोटेश्वरबाट पक्राउ परेका हुन् । उनीहरुका साथबाट पड्काउन तयारी अवस्थामा रहेको ४ वटा प्रेसरकुकर बम बरामद भएको छ । विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बानेश्वर प्रहरी वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले विप्लव कार्यकर्ता हतियारसहित पक्राउ परेको बताए । छाननिबन भइरहेकाले त्यसबारे विस्तृतमा पछि बताउने उनले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us