
काठमाण्डु, १२ जेठ – बुद्ध एयरले सोमबार देखि काठमाण्डु–कोलकाता उडान गर्ने भएको छ ।
बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाण्डु–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराए ।
बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डु–कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाण्डु–कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।
हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डुबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।