माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाण्डु टुडे २०७६ जेठ २ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, २ जेठ – माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बिहीबार आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा जोडेका हुन् ।

आयोजनाबाट शुक्रबार ५ बजेबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुनेछ । त्यो सफल भएपछि यसले व्यवसायिक उत्पादन थाल्नेछ ।

विद्युत गृहबाट विद्युत् उत्पादन सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको हो ।

आयोजनास्थलबाट काठमाण्डुको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकेर चार्ज भइसकेको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us