एयरपाेर्टबाट चरेससहित जापानी नागरिक पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ २ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, २ जेष्ठ – प्रहरीले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेस ९० ग्राम सहित जापानीज नागरिकलाई पक्राउ गरेको छ ।

ड्राईगन एयरको उडानद्वारा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेका जापानीज नागरिक वर्ष ५५ का तानेनाका मिकाइओलाई हेण्ड ब्यागेजमा चेकजाँच गर्ने क्रममा निजको साथबाट अवैध चरेस ९० ग्राम सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us