ककपिटमै निदाउने भारतीय पाइलट आउट, पाकिस्तानीलाई भित्र्याइयो

काठमाण्डु टुडे २०७६ जेठ १ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १ जेठ – नेपाल वायुसेवा निगमले नयाँ पाइलट नियुक्त गरेको छ । एयरबस ३२० को भारतीय प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएपछि पाकिस्तानी पाइलटलाई नियुक्त गरेको हो ।


नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

प्रशिक्षक पाइलट नागराज ककफिटमै निदाएको विषयमा छानबिन गर्न क्यानले दिएको निर्देशनअनुसार निगमले ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । छानबिन समितिमा हवाइ उडान हवाई सुरक्षा विशेषज्ञ रहेका बरिष्ठ पाइलट युवराज भट्टराई, अपरेसन विभागका डेपुटी डाइरेक्टर दिपु रुहार्जन र इन्जिनियर दिवाकर बन्जारा छन् ।

निगमको अपरेसन विभागले दुई महिना अघिमात्र निगममा काम थालेका पाकिस्तानी पाइलट गनीलाई नयाँ प्रशिक्षक पाइलट (आइपी) का रुपमा उडान अनुमति दिएको हो । अपरेसन विभागका प्रमुख रविन्द्रकुमार शेरचन (आरके) ले काठमाण्डु–दिल्ली र दिल्ली–काठमाण्डु उडानमा आइपी बनाएर पठाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us