नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या आएको छ ।

इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबारको प्रत्यक्ष विवरण वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ । शेयरको कारोबार भने भइरहेको छ ।

यो समस्या छिट्टै समाधान गरिने पनि स्टक एक्सचेञ्जले सूचना निकालेर जानकारी गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us