
काठमाण्डु, २४ बैशाख – नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिवाह गरेका छन् ।
फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको यो जोडीले बैशाख २४ गते अर्थात आजको लगनमा लगनगाँठो कसेका हुन् ।
दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । गृह नगरमा भएकाले निर्देशक र नायिकाको बिवाहमा धेरै फिल्मकर्मी भने उपस्थित हुन सकेनन् ।
अभिनेता प्रशान्त ताम्राकार, सिनेम्याटोग्राफर सुदीप खड्का लगायत बिवाह समारोमा सहभागी थिए ।