
काठमाण्डू, २ बैसाख । काठमाण्डूमा भएको आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा चार नेपाली निर्णायक उत्तिर्ण भएका छन् ।
नेपाल जुडो संघले आयोजना गरेको उक्त परीक्षामा इन्द्र डंगोल, नरेन्द्र डंगोल, देवेन्द्र कर्माचार्य र पदमबहादुर बुढाथोकी उत्तिर्ण भएको जुडो संघका उप महासचिव बाबुराजा महर्जनले जनाएका छन् । अब चारै एसियालीस्तरसम्मको जुडो प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।
परीक्षामा नेपाललगायत १६ राष्ट्रका २५ जना सहभागी थिए । त्यसमध्ये अफ्गानिस्तानका एक जना मात्र असफल रहे ।