प्रियंका चोपडा, दीपिका पादुकोण र निक जोनसलाई के भयो ?

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १३:४३ मा प्रकाशित

एजेन्सी । हरेक वर्ष विदेशमा यस्ता समारोह हुन्छन् जसका तस्बिर भारतलगायत देशमा पनि छाइरहन्छ ।

मेट गाला समारोहमा प्रियंका चोपडाको तस्बिर यसको ताजा उदाहरण हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका चोपडा आफ्ना श्रीमान निक जोनससँग गएकी थिइन् ।

यतिबेला प्रियंकाको पहिरनले मानिसहरुको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका हो त्यसलाई कस्ट्युम इन्स्टिच्युट गाला वा मेट बल पनि भनिन्छ ।

यो न्यूयोर्कमा मेट्रोपोलेटिन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्यूटको लाभका लागि फन्डरेन्जिङ गाला हो ।

कस्ट्यूम इन्स्टिच्यूटको वार्षिक फेशन एग्जिबिटको सुरुवात पनि यसैमार्फत् हुन्छ । सेलिब्रिटीले हरेक वर्ष एग्जिबिटको थिम अनुसार पहिरन छान्छन् र लगाउँछन् ।

प्रियंका चोपडाका लागि मेट गाला यसकारण पनि चर्चामा छ किनभने प्रियंका र निकको पहिलो भेट यसै समारोहमा भएको थियो । यो कुरा प्रियंकाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छिन् ।

यो समारोहमा प्रियंकाबाहेक अभिनेत्री दीपिका पादुकोण पनि समावेश भइन् । तर सोसल मिडियोमा दीपिकाको नभई प्रियंकाको अत्यधिक चर्चा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us