मैत्रीपूर्ण क्रिकेटको पत्रकार महासङ्घलाई

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:११ मा प्रकाशित

वीरगन्ज,२ वैशाख । नेपाल पत्रकार महासङ्घ पर्सा र वीरगन्ज जेसिजबीच भएको टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्सा विजयी भएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा वीरगन्ज जेसिजलाई पत्रकार महासङ्घ पर्साले ५४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासङ्घले वीरगन्ज जेसिजलाई एक सय ४१ रनको लक्ष्य पेस गरेको थियो । पत्रकार महासङ्घ पर्साका लागि सफल खतिवडाले सर्वाधिक ४९ रन बनाए ।

भुषण यादवले ४७ रनको योगदान गरे । जवाफी ब्याटिङमा उत्रिएको वीरगन्ज जेसिजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै ८६ रनमा समेटिएको थियो । बलिङतर्फ नेपाल पत्रकार महासङ्घ पर्साका भुषण यादवले दुई विकेट लिए, त्यस्तै सफल खतिवडा र सौरभ मिश्रले एक एक विकेट लिए ।

खेलको म्यान अफ द म्याच भुषण यादव घोषित भए । विजयी टिम, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष श्याम बञ्जरालाई वीरगन्ज जेसिजका अध्यक्ष सन्तोष खनालले नेपाल शिल्ड प्रदान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us