
काठमाण्डू,२ बैसाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यानबीच अहिले खेलकुद मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा क्रिक्रट टिमभित्र देखिएको समस्या समाधान गर्ने बिषयमा छलफल भइरहेको छ ।
वार्ताका क्रिकेट टिमका तर्फबाट कप्तान पारस खड्का, शक्ति गौचन लगायतका छने भने क्यानका तर्फबाट वार्ता टोली संयोजक चतुरबहादुर चन्द लगायतका सहभागि छन् ।
यहि बैसाखको अन्तिम साता एसीसी प्रिमियर लिग नखेल्ने घोषणा गर्दे खेलाडीहरु आन्दोलनमा उत्रिएका छन् । खेलाडीहरुले क्यानको पदाधिकारी परिवर्तनको माग राखेका छन् ।