प्रभु बैंकले कमायो करिब डेढ अर्ब नाफा

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, २२ बैशाख – चालू आर्थिक वर्षको नौ महिनामा प्रभु बैंकको नाफा गत वर्षभन्दा उच्च रुपले बढेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ९१ करोड नाफा आर्जन गरेकामा चालू आवको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड अर्थात झण्डै डेढ अर्ब नाफा आर्जन गरेको हो ।

बैंकको ब्याज आम्दानी ३५ प्रतिशतले बढ्दा खर्च भने १७ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै निक्षेप संकलन २२ प्रतिशत र ऋण लगानी २१ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिमा १ खर्ब ७ अर्बको निक्षेप संकलन गरी झण्डै ९० अर्बको ऋण प्रवाह गरेको छ । बैंकको आधारब्याजदर ९.१६ प्रतिशत रहेको छ भने खराब कर्जा समेत घटार २.४२ प्रतिशतमा कायम गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us