ओली सरकारको नीति कार्यक्रमः पेट्रोलियम पदार्थ र सुन नेपालमै उत्पादन

काठमाण्डु टुडे २०७६ वैशाख २० गते २०:२२ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– सरकारले नेपालमै सुन, पेट्रोलियम पदार्थ, तामा, फलाम, युरेनियम र बहुमूल्य पत्थर उत्खनने गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने उल्लेख छ । यस्तै दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने सरकारले जनाएको छ ।

बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गरिने तथा प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवर्द्धन गरिनेने बताइएको छ । नेपाली उत्पादनको विशिष्ट पहिचान र गुणस्तर कायम हुने गरी ब्राण्डिङ गरिने पनि सरकारले घोषणमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us