
काठमाण्डु, १९ वैशाख– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको जानकारी दिए । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अबदेखि पेट्रोल १११ रुपैयाँ ५० पैसा, तथा डिजेल र मट्टितेलको मूल्य ९८ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११० तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ थियो । गोइतका अनुसार हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ ।