
काठमाण्डु, १९ बैशाख – २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ ।
बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले साउदी सरकारले उपलब्ध गराउने सो रकम स्वीकृत गरिसकेको जानकारी दिए ।