‘खलनायक’ को सिक्वेल बनाउँदै रोज राणा

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, १९ बैशाख – १२ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘खलनायक’को सिक्वेल बन्ने भएको छ । निर्माता रोज राणाले यसको सिक्वेल ‘खलनायक २’ बनाउने घोषणा गरेका छन् ।

ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारी छानिएका छन् । फिल्मका लागि निर्देशकको अलवा द्धन्द्धमा एनबि महर्जन समेत फाइनल भएको निर्माता रोज राणले बताए ।

फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेकी छन् । अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती र झरना थापाको मुख्य भुमिका रहेको फिल्मको सिक्वेलमा अहिले पुस्ताका कलाकार लिएर निर्माण गर्ने सोच निर्माता राणाको रहेको छ ।

‘जय परशुराम’ र ’मेरो पैसा खोई’ निर्माण निर्देशन गरेर निर्माताको अलवा निर्देशकको रुपमा समेत राणाले आफुलाई प्रमाणीत गरेका छन् । नेपाली फिल्म क्षेत्रमा करिब दुई दशक देखि लगातार फिल्म निर्माणमा रहदै आएका राणाको ‘खलनायक २’साउनबाट छायांकन सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us