
एजेन्सी – बलिउडकी नायिका समिरा रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना दुई वटा फोटो सेयर गरेकी छिन् । उक्तफोटोमा समिराले सन् २०१५ मा गर्भावस्थापछि र अहिलेको तस्बिर दाँजेकी छिन् ।
समिराले आफ्नो इन्स्टग्राममा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘मेरो लागि यो सेयर गर्नु निकै महत्वपूर्ण छ किनभने महिलाले यो थाहा पाउन जरुरी छ कि यस्तो संघर्ष सबैलाई पर्छ ।’ उनका अनुसार सन् २०१५ मा जब उनका छोरा हंसको जन्म भयो तब उनको तौल १०२ किलोसम्म पुगेको थियो । त्यसपछि उनी निकै तनावमा हुन थालेको बताइन् ।
समिरा थप्छिन्, ‘जब मेरो तौल बढ्यो तब म निकै चिन्तित हुनथालेँ । मलाई यो भन्न कुनै समस्या छैन कि त्यतिबेला मेरो आत्मविश्वास निकै कम भएको थियो । यतिका वर्षसम्म फिट भएकी म बढ्दो तौलसहित मानिसहरुसामू उभिन हिम्मत गरिनँ । त्यसकारण म सबैसँग लुक्दै हिँड्थेँ ।’ समिरा दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् ।
https://www.instagram.com/p/Bw3yUi6nYGB/?utm_source=ig_web_copy_link