गायक पेबो ब्रायसनलाई हृदयघात

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते ११:४९ मा प्रकाशित

एजेन्सी – हलिउडका चर्चित गायक पेबो ब्रायसनलाई हृदयघात भएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको उनका प्रवक्ताले बताएका छन् ।

ब्रायसनका प्रवक्ताको अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ । ब्रायसनले डिज्नीको हिट फिल्ममा गाएको ‘ब्यूटी एण्ड द बीस्ट’ र ‘अलादीन’ गीत लोकप्रिय छन् ।

प्रवक्ताले ‘पीपल म्यागाजिन’लाई बताएअनुसार उनलाई अहिले होस आइसकेको छ । प्रवक्ताले भनेका छन्, ‘उनको अवस्था अहिले सामान्य नै छ । हामी साथीभाई र प्रशंसकको प्रार्थनाको सम्मन गछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us