वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १८ बैशख – नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ ।

दाहालको गएराति वि.पी स्मृती अस्पताल बसुन्धरा काठमाण्डुमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका थिए । उनी विगत केही समयदेखि बिरामी भई असक्त भएका थिए ।

संघले एक विज्ञप्ति जारी गर्दै इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउन पुगेकोमा पुरणीय क्षति पुगेको जनाएको छ । उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us