शेयर बजारः ११ दशमलव ७० अंकले गिरावट

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – आज (मंगलबार) शेयर बजार ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा अडिएको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

आज ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा १७६ कम्पनी सामेल भए । जलविद्युत र फाइनान्स कमपनी बाहेक सबैमा गिरावट आएको छ । सबैभन्दा बढी नीर्जिबन बिमातर्फ २०५.३१ अंकको गिरावट आएको छ ।

यस्तै जीवन बिमातर्फ २०१.८२ अंकको गिरावट आएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादन तथा प्रशोधन, अन्य समुह घटेको छ ।

बजार घट्दा सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको भएको छ । यस्तै नेपाल बैंकको ९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us