कम्पाउण्ड भित्रै रहेको जेसिवीमा कसले गर्यो आगजनी ?

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १२:०६ मा प्रकाशित

नवलपरासी, १२ बैशाख – बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी–२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।

आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us