चलचित्र ‘प्रेम गीत–३’ को रिलिज डेट फिक्स’

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएको छ । निर्माण घोषणासँगै चलचित्रको रिलिज डेट पनि तोकिएको छ ।

निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् ।

‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको आसुसेन फिल्म प्रोडक्सनले ‘प्रेम गीत–३’ निर्माण गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us