
काठमाण्डु, ३० चैत– राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा क्षेत्र नम्बर १ विराटनगर र क्षेत्र नम्बर ४ भैरहवा विजयी भएका छन् ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा भएको खेलमा विराटनगरले क्षेत्र नम्बर ३ काठमाण्डुलाई १ सय ८० रनको फराकिलो अन्तरले पाखा लगायो ।
सय २५ रनको लक्ष्य पछयाएको काठमाण्डु ३८ ओभर ३ बलमा १ सय ४४ रनमा समेटियो । विराटनगरका लागि मेहवुव आलम र राजकुमार प्रधानले तीन/तीन विकेट लिए । सिद्धान्त लोहनीले १ सय ६ र चन्द्र थापाले ९३ रन बनाए ।
काठमाण्डुको कीतिर्पुरमा भएको अर्को खेलमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो ।
२ सय ९७ रनको लक्ष्य पछयाएको जनकपुर २० ओभरमा १ सय ६ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिङ रोजेको भैरहवाले ८ विकेटको क्षतिमा २ सय ९६ रन बनाएको थियो ।