सरकारसँग वार्ता गर्न राप्रपा तयार

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ ।

मंगलबार बस्ने वार्तामा पार्टीका बरिष्ट नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us