
एजेन्सी – करण जोहरको नयाँ मल्टी स्टारर चलचित्र ‘कलंक’को प्रोमोशनमा व्यस्त नायक–नायिकाले फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् ।
हालै वरुण धावनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत अरिजित सिंहले गाएका छन् ।
वरुणका अनुसार ‘कलंक नही इश्क हे’ बोलको गीत अरिजितले आफ्नो मर्जीले १२ सय पटक गाएका हुन् । उनले भने, ‘अरिजितलाई हरेक पटक गीत गाउँदा केही अभाव भएको जस्तो महसस हुन्थ्यो । यसै चक्करमा उनले यो गीतलाई १२ सय पटक गाए । यसले अरिजितको कामप्रति आफ्नो लगाव र समर्पण बताउँछ । सायद यसैकारण उनी भारतका सबैभन्दा चर्चित गायकमध्येका एक हुन् ।’