
काठमाण्डु, ३ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ ।
यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ४५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ३२ पैसा रहेको छ ।