काठमाण्डु, ३० चैत – ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्रका निर्माता प्रज्वल शम्सेर राणा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई बिवाह बन्धनमा बाधिँने भएका छन् ।
रेनशाले प्रज्वलकै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेव्यु गरेकी थिइन् । उनीहरु लामो समय देखि एक अर्काको प्रेममा थिए ।
आउँदो वैशाख २४ गते उनीहरुले विवाह गर्ने तय भएको बुझिएको छ । करिव ८ वर्षको प्रेम सम्वन्धलाई उनीहरुले विवाह बन्धनमा परिणत गर्न लागेका हुन् ।
प्रज्वल सुपरहिट नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ का निर्माता प्रभु शम्सेर राणाका छोरा हुन् । रेनशाले चलचित्र ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफीको सुरुवात गरेकी थिइन् ।
रेनशाले पछिल्लो पटक चलचित्र क्याप्टेनमा समावेश गीत कर्ली कर्ली कपाल तिम्रो बोलको गीतलाई दर्शकले रुचाएका छन् । यतिबेला उनीहरु अर्को चलचित्रको तयारीमा जुटेका छन् । उनीहरुले आई एम ट्वान्टिवान’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरिसकेका छन् ।