दुर्घटनामा सङ्गीतकर्मी श्रीमानको निधन, श्रीमती घाइते

काठमाण्डु टुडे २०७५ चैत २८ गते १०:४७ मा प्रकाशित

पोखरा, २८ चैत – सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको स्कुटर दुर्घटनामा निधन भएको भएको छ ।

बुधबार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि थुलुङ सेती नहरमा खसेका र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकले राईलाई मृत घोषणा गरेका कास्की प्रहरीले जनाएको छ । स्कुटरमासँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन् ।

थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us